बस पल्टिएर दाउन्नेमा आगलागी हुँदा ३१ घाइते, छ जना गम्भीर
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ११ बुधबार
1.2k
Shares
नवलपरासी । नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन् । घाइते यात्रुमध्ये ६जनाको अवस्था गम्भीर रहेको छ ।
कञ्चनपुरबाट काठमाडौंका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस आफैँ अनियन्त्रित भई सडक छेउँमा पल्टिदा बसमा आगो लागेको नवलपुर प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले जनाकारी दिए ।
उनका अनुसार बसमा ३१ जना जना सवार थिए । घाइतेमध्ये ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको छ । अन्यको स्थानीय मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ ।