काठमाडौं । जितको लक्ष्यसहित साफ यू-२० च्याम्पियनसिप फुटबलमा नेपाल आज श्रीलङ्कासँग प्रतिस्पर्धामा उत्रँदैछ । भारतको भुवनेश्वरमा सोमबारदेखि शुरु भएको प्रतियोगिताको दोस्रो खेलमा नेपालले आज श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र श्रीलंकाबीचको खेल साँझ ७:१५ बजे सुरु हुनेछ ।
जितको लक्ष्यसहित मैदानमा उत्रिँदै गरेको नेपालले आज श्रीलङ्कालाई हराएर लगातार दोस्रो जित निक्लनेछ । सोमबार भएको उद्घाटन खेलमा नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तरले हराएको थियो ।
नेपालले श्रीलङ्कापछि तेस्रो खेलमा भारतसँग आगामी आइतबार र अन्तिम खेल बङ्गलादेशसँग आगामी मङ्गलवार प्रतिस्पर्धा गर्नेछ । च्याम्पियनसिपमा आयोजक भारत र नेपालसँगै माल्दिभ्स, श्रीलङ्का र बङ्गलादेशको सहभागिता रहेको छ । शीर्ष दुई टोलीले उपाधिका लागि अर्को हप्ताको शुक्रवार प्रतिस्पर्धा गर्ने छन् ।
नेपालको यू-२० टिममा स्ट्राइकर रोहित सुब्बा निरञ्जन मल्ल, रोहन खड्गी रहेका छन् । ईश्वर गुरुङ, उनेस चौधरी, जियारत शेख गोलकिपर रहेका छन् ।