arrow

रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्कियो: एकको मृत्यु, एक जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ११ बुधबार
Accident-sign.jpg

काठमाडौं । ललितपुरको एकान्तकुनामा गए राति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङ घर भई ललितपुरको ठेचो बस्ने २३ वर्षीय ठगेन्द्र राई रहेका छन् ।

गए राति ९ बजे बा३ख ५७७ नम्बरको रोकिराखेको टिपरमा बागमती प्रदेश ०२-०२७ प ६३३८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक राई घाइते भएका थिए । राईको उपचारको क्रममा अल्का अस्पताल जावलाखेलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार ललितपुरको महालक्ष्मी नगरपालिका बस्ने ३५ वर्षीय सुरज अधिकारी घाइते भएका छन् । उनको अल्का अस्पतालमै उपचार भइरहेको छ । टिपर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ