arrow

जनार्दन शर्माबारेको संसदीय छानविन विशेष समितिको प्रतिवेदन संसदमा पेश [पूर्णपाठसहित]

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १३ शुक्रबार
samsadiya-chanbin-bishesh-samiti-report.jpg

काठमाडौं । चालु आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको भन्ने विषयमा छानविन गर्न बनेको संसदीय छानबिन विशेष समितिले आफ्नो प्रतिवेदन आज सभामुखलाई बुझाएको छ ।

सङ्घीय संसद् नयाँ बानेश्वरमा आज दिउँसो समितिका सभापति लक्ष्मणलाल कर्णले प्रतिवेदन बुझाएको सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले जनाएको छ । 

आजै बसेको प्रतिनिधि सभाको बैठकमा सभापति कर्णले उक्त प्रतिवेदन पेश गरेका छन् । समितिले विभिन्न पक्षसँग छलफल गरेर प्रतिवेदन तयार गरेको हो । समितिले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा, अर्थ मन्त्रालयका सचिव, बजेट निर्माणमा संलग्न उच्चपदस्थ कर्मचारीसँग बयान लिएको थियो । 

समितिलाई १० दिनभित्र प्रतिवेदन दिन भनिएको थियो । तोकिएको समयभित्र समितिले काम नसकेपछि प्रतिनिधिसभाले सात दिन समय थप गरेको थियो । समितिको अन्तिम म्याद बिहीबार सकिएको थियो । 

संसदीय छानविन समिति गठन भएपछि अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएका थिए । गत असार २२ गते बसेको प्रतिनिधि सभा बैठकमा सभामुख सापकोटाले सो सम्बन्धमा छानबिन गर्न ११ सदस्यीय छानबिन विशेष समिति गठन गरिने घोषणा गरेका थिए । 

प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १७७ बमोजिम सांसद कर्णको सभापतित्वमा गठित समितिमा सांसद खगराज अधिकारी, देवप्रसाद गुरुङ, पुष्पा भुषाल (गौतम), प्रदीपकुमार ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्तिबहादुर बस्नेत, सीताराम महतो, सरलाकुमारी यादव र सुरेन्द्रप्रसाद यादव रहेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ