arrow

ग्लोबल आइएमई बैङ्कको ५२औँ एक्सटेन्सन काउन्टर लमजुङको सोतीपसलमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १३ शुक्रबार
global-bank-lamjung.jpg

काठमाडौँ। ग्लोबल आइएमई बैङ्क लिमिटेडले लमजुङ जिल्लाको मध्य नेपाल नगरपालिका वडा नं ३, सोतीपसलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। बैङ्कले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैङ्किङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै भोर्लेटार शाखाको मातहतमा रहने गरी उक्त एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो।

“सबैका लागि बैङ्क” भन्ने नाराका साथ २९ लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको ग्लोबल आइएमई बैङ्कले मुलुकभर तथा मुलुक बाहिर बैङ्किङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७७ जिल्लामा २८९ शाखा, २६५ एटिएम, २७५ शाखा रहित बैङ्किङ सेवा, ५२ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८८१ भन्दा बढी सेवा केन्द्रबाट ग्राहक वर्गलाई सेवा प्रदान गरिरहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ