arrow

गठबन्धन छ भनेर मख्ख हुने बेला छैन : नेपाल

चुनावी मोर्चा बन्न सक्ने

logo
रासस
प्रकाशित २०७९ साउन १५ आइतबार
madhav-kumar-nepal-1618230014.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धन छ भनेर मख्ख हुने बेला रहेको बताएका छन् । शनिवार कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपाल भने, 'गठबन्धन छ भनेर मख्ख हुने बेला छैन ।'

पाँच दलीय गठबन्धन भए पनि सबै नेता, कार्यकर्ताले आगामी निर्वाचनमा एकीकृत समाजवादी पार्टीले सबैभन्दा बढी सिट ल्याउनका लागि कम्मर कस्नुपर्ने उनले बताए । उनले भने, 'गठबन्धन छ भनेर मख्ख हुने बेला छैन, आफूलाई कसरी बढी सिट आउँछ र जनताको मन कसरी जित्न सकिन्छ त्यो विषयमा बढी ध्यान दिनुहोला ।'

अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा गठबन्धनका दलहरूबीचमा खासै इमानदारिता नदेखिएकाले अबको निर्वाचनमा सबैले इमानदारिता देखाउनुपर्ने बताए । पाँच दलीय गठबन्धनमा नेकपा (एकीकृत समाजवादी) इमानदार भएको र अन्य दलहरू पनि आफूहरू जस्तै इमानदार हुनुपर्ने अध्यक्ष नेपालको भनाइ थियो ।

उनले चुनावअघि कुनै पनि दलसँग पार्टी एकता नहुने बताए। नेपालले चुनावअघि पार्टी एकता सम्भव नभएको तर चुनावी मोर्चा बन्न सक्ने बताए । उनले भने, 'चुनावअघि कसैसँग पार्टी एकता हुँदैन, बरु चुनावी मोर्चा बन्न सक्छ ।' 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ