arrow

बुलबुलेमा जीप दुर्घटना, एक जनाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १५ आइतबार
jeep-accident-Lamjung.jpg

सुर्खेत । जुम्लाको सिञ्जा क्षेत्रस्थित कनकासुन्दरी गाउँपालिका वडा नं. १ बुलबुलेमा आज विहान जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा मुगु जिल्ला राराछाँयानाथ नगरपालिका वडा नं. २ का २५ वर्षीय दीपक तिरुवा रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । 

चन्दका अनुसार सुर्खेतबाट मुगुका लागि छुटेको लु१ज ३७३४ नंको जीप बे्रक फेल भएर दुर्घटना भएको भएको हो । 

जीप चालक दलबहादुर बुढालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याउने तयारी भइरहेको छ । जीपमा अन्य पाँच जना यात्रु सवार थिए । अन्य यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ