- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । साफ यू–२० च्याम्पियनशिप फुटबलमा नेपाल साविक विजेता भारतसँग पराजित भएको छ । भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आइतबार राति सम्पन्न भएको खेलमा नेपाल घरेलु टोलीसँग लज्जास्पद हार बेहोर्न पुगेको हो ।
८–० गोल अन्तरले पराजित भएको हो । मध्यान्तरसम्म १–० ले मात्र पछि परेको नेपालले मध्यान्तरपछि ७ गोल खान पुगेको हो ।
भारतलाई जित दिलाउन पार्थिव सुन्दर गोगोईले सर्वाधिक दुई गोल गरेका थिए ।
यसअघि नेपालले माल्दिभ्स र श्रीलंकालाई पराजित गरेको थियो ।
अब नेपालले आफ्नो अन्तिम खेलमा बंगलादेशसँग मंगलबार प्रतिस्पर्धा गर्नेछ । यो खेलमा फराकिलो जित हासिल गरेमात्र नेपालले उपाधिका लागि फाइनल खेल्न पाउने छ ।