arrow

कम्तीमा ३२ सर्वसाधारणको आगो लगाएर हत्या 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १६ सोमबार
fire-final_1618024271.jpeg

काठमाडौं । घरमा आगो लगाएर कम्तीमा ३२ जना सर्वसाधारणको हत्या गर्ने आपराधिक गिरोहको खोजी गर्न मडागास्करमा सेनाको हेलिकप्टर तैनाथ गरिएको छ । प्रहरीका अनुसार मानिसहरूलाई जबरजस्ती खरले बनाएको तीनवटा घरभित्र बस्न बाध्य पारेर आगो लगाइएको थियो । 

राजधानी अन्टानानारिभोको उत्तरमा रहेको अन्काजोबे जिल्लामा शुक्रबार भएको हमलामा महिला र बालबालिका पनि परेका थिए । रक्षामन्त्रीले आगलागीको दोष स्थानीय रूपमा ‘दहलो’ भनेर चिनिने गाईवस्तु तस्करीलाई दिएका छन् । 

गाईवस्तु चोरी  र यसलाई रोक्नको लागि भएका प्रयासले पछिल्ला वर्षहरूमा अत्यन्त हिंसक टकरावहरू निम्त्याएको छ । अन्काजोबे जिल्लाको एउटा सानो पहाडमा अवस्थित एम्बोलोताराकेली गाउँमा घर जलेपछिको पर्खाल मात्र देख्न सकिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ