arrow

एमालेको युवा संघमा भाँडभैलो, नौं वर्षमा आठ नेतालाई टीका लगाउँदै नेतृत्व सुम्पदै, मूख्य कारक महेश बस्नेत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १६ सोमबार
yuba-sangh-nepal-.jpg

काठमाडौं । नेकपा एमाले सम्बद्ध युवा संघ नेपालमा भाँडभैलो शुरु भएको छ । राष्ट्रिय युवा संघ नेपाल नवौ‌ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको दोश्रो पूर्ण बैठकले महाधिवेशन नगरी विभिन्न जिम्मेवारी बाँडफाँड गरेपछि भाँडभैलो मच्चिएको हो । 

कोटेश्वरस्थित एक पार्टी प्यालेसमा पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टी महासचिव इृश्वर पोखरेलले सम्बोधन गरेको पूर्ण बैठकबाट कमिटी हेरफेर गरेपछि निवर्तमान महासचिव रमेश आचार्य लगायतका नेताहरुले असन्तुष्टि प्रकट गर्दै युवा संघको राजनीति छाडेको घोषणा गरेका छन् । 

नेकपा एमालेको सशक्त जनवर्गीय संगठन युवा संघ नेपालको केन्द्रीय कमिटी बैठकले १० उपाध्यक्षसहित १८ जना पदाधिकारी चयन गरेपछि असन्तुष्टि प्रकट भएको हो । संघका अध्यक्ष किरण पौडेल यसअघि नै कार्यरत छन् । 

नवौं राष्ट्रिय महाधिवेशनको तयारीका लागि आयोजक कमिटीको हैसियतमा रहेको कमिटीको महासचिवमा ताप्लेजुङका क्षितिज थेबेलाई चयन गरिएको छ । आचार्य यसअघि महासचिव थिए, उनलाई हटाएर थेबेलाई महासचिव बनाइएको छ । 

सुजितकुमार झालाई उपाध्यक्ष बनाइएको छ जो नेकपा एमालेको केन्द्रीय सदस्यसमेत हुन् । त्यसैगरी क्रान्ति बुर्लाकोटी, अमितलामा सन्तोष रावल र अन्जना अधिकारीलाई पनि महासचिव बनाइएको छ । 

यसैगरी उर्मिला सुनुवार, कृष्णहरी केसी, सुमन पुरी, पुष्पराज श्रेष्ठ, रामजी सापकोटालाई पनि उपाध्यक्षमा मनोनयन गरिएको छ । उपमहासचिव रमेश तिवारी, उपमहासचिव विजय डाँगी र सचिवहरुमा विकास ज्ञवाली ,सीता सुवेदी, बैजनाथ शाह, विष्णा चन्दलाई चयन गरिएको छ । 

अघिल्लो पटक युवा संघले नवौँ महाधिवेशन गर्ने बेलामा पनि लफडा भएको थियो । गत वर्ष पुस २८ र २९ गते पोखरामा भएको सचिवालय बैठकबाट बनाइएको आयोजक कमिटीप्रति असन्तुष्ट रहेका युवा संघका उपाध्यक्ष लगायतका पदाधिकारीले समानान्तर कमिटी बनाउने तयारी गरेपछि पार्टीले नै हस्तक्षेप गरेर टुंग्याएको थियो । 

युवा संघका इन्चार्ज महेश बस्नेतले एकलौटी ढंगबाट आयोजक कमिटी बनाएका कारण अहिले पनि सचिवालय गठन लगायतका विषयमा असन्तुष्टि सिर्जना भएको हो । त्यतिबेला उपाध्यक्षहरू अमित लामा, रोशन बस्नेत, उर्मिला सुनुवार, विष्णुप्रसाद घिमिरे, तिरण गौतमलगायत तीन दर्जन नेताहरुले पोखरामा भएको बैठक बहिस्कार गरेर पार्टी अध्यक्ष ओली, महासचिव शंकर पोखरेल, संगठन विभाग प्रमुख खगराज अधिकारी, मोर्चा जनसंगठन प्रमुख भानुभक्त ढकाललाई लिखित उजुरीसमेत दिएका थिए । 

तीमध्येका रोशन बस्नेतले संगठन नै छाडिसकेका छन् । उर्मिला सुनुवार र अमित लामालाई यसपल्ट पनि उपाध्यक्ष बनाइएको छ । युवा संघमा अहिले पनि महेश बस्नेतकै हालीमुहाली रहेका कारण यो अवस्था आएको पूर्व महासचिव रहेका आचार्य निकट समूले जनाएको छ । 

त्यसैगरी पार्वत गुरुङको भान्जा महाराज गुरुङलाई पनि पदाधिकारी हुनबाट रोकिएको छ । दश बुँदेबाट एमालेमा रहेका कृष्णहरि केसीलाई भने उपाध्यक्ष बनाइएको छ । 

युवा संघभित्र महेश बस्नेतले नेतृत्व गरेदेखि नै भद्रगोल भएको छ । विगत ९ वर्षदेखि महाधिवेशन हुन सकेको छैन । ९ वर्षमा ८ जना नेताहरूलाई टीका लगाउँदै अध्यक्ष बनाइएको थियो । 

२०६९ साल फागुन १८ गते भएको आठौं महाधिवेशनमा दोस्रोपटक अध्यक्ष भएका बस्नेतले आफूपछि निरु पाललाई अध्यक्ष बनाएका थिए । त्यसैगरी निरु पालपछि राजीव पहारी, रमेश पौडेल, एमाले–माओवादी एकतापछि रामप्रसाद सापकोटा (दीपशीखा), एकीकरण भंग भएपछि पुनः रमेश पौडेल, त्यसपछि बचनसिंह अध्यक्ष भएका थिए । 

सिंहले राजीनामा दिएपछि किरण पौडेललाई अध्यक्ष बनाइएको छ । पौडेल केन्द्रीय सदस्यमा मनोनयन भएपछि नवौं महाधिवेशन गरेर नेतृत्व जिम्मा लगाउनु पर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ