arrow

दोस्रो पटक किरण लिम्बूले जिते दिवेही प्रिमियर लिगमा सर्वोत्कृष्ट गोलरक्षकको उपाधि 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १७ मंगलबार
kiran-chemjong-dhivehi-premier-league-2022-maldives.jpg

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका गोलरक्षक तथा कप्तान किरण कुमार लिम्बू (चेम्जोङ) माल्दिभ्सको शीर्ष डिभिजन लिग दिवेही प्रिमियर लिग २०२२ को सर्वोत्कृष्ट गोलरक्षक घोषित भएका छन् ।

माजिया स्पोर्टस एण्ड रिक्रियशनबाट खेलेका गोलरक्षक किरण सिजनको उत्कृष्ट गोलरक्षक चुनिएका हुन् । किरणले माल्दिभ्सको शीर्ष लिग दिवेही प्रिमियर लिगमा दोस्रोपटक उत्कृष्ट गोलरक्षकको अवार्ड जितेका हुन् । यसअघि सन् २०१८ मा टिसी स्पोर्ट्सबाट उपाधिसँगै उत्कृष्ट गोलरक्षक जितेका थिए ।

यता, माल्दिभ्समा किरणको दोस्रो लिग उपाधिसमेत हो । चौथो पटक शीर्ष डिभिजन लिग जितेको माजियाले ह्याट्रिकसमेत गरेको छ । ह्याट्रिक गर्ने क्रममा यस सिजन २१ मध्ये २० खेलमा जित हासिल गर्‍यो । एक खेलमा हार बेहोर्‍यो ।

यस सिजन माजियाले २१ खेलबाट ६० अंक जोड्यो । दोस्रो स्थानमा रहेको क्लब इगल्स ४६ अंक जोडेको छ ।

यस्तै, ८५ गोल गर्दा ५ गोल मात्रै बेहोर्‍यो ।



नयाँ