- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । साफ यू–२० च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध नेपालले खेलिरहेको छ । भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा भइरहेको खेलमा नेपालले मध्यान्तरसम्म गोलरहित बराबरी खेलेको छ ।
यो खेलमा कम्तीमा पाँच गोलको अन्तरले जित हासिल गरेमात्र नेपाल फाइनलमा पुग्नेछ । वा झिनो जितले पनि तबमात्र नेपाल फाइनलमा पुग्नेछ यदि अर्को खेलमा भारत माल्दिभ्ससँग पराजित भयो भने ।
आइतबार राति भारतविरुद्ध मैदान उतारेका मनग्य नकर्मीको स्थानमा मुख्य प्रशिक्षक मेघराज केसीले सन्दीप कार्कीलाई नै फर्काएका छन् । सन्दीपले त्यसअघिका दुई खेलमा पनि पहिलो रोजाईमा स्थान बनाएका थिए ।
भारतविरुद्ध ८–० को पराजय भोग्दा पहिलो रोजाइमा परेका अन्य १० खेलाडीले भने टिममा यथावत छन् । नेपालले राउन्ड रोबिन पद्धतिमा जारी प्रतियोगिताको शीर्ष दुईमा रहँदै फाइनल पुग्न नेपालका लागि आजको खेल महत्त्वपूर्ण छ ।
यसअघिका तीन खेलबाट ६ अंक जोडेको नेपालले आजको खेलमा तीन अंक हासिल गरे बंगलादेश समान ९ अंक बनाउने छ । यदि, आज नेपालले खेल जितेर मात्रै पुग्दैन । हेड टु हेडमा बलियो हुन कम्तीमा ५–० को जित निकाल्नु पर्नेछ ।
आजै हुने अर्को खेलमा भारत र माल्दिभ्स आमने सामने हुँदा त्यो खेलको नतिजाले पनि नेपालको यात्रामा प्रभाव पार्नेछ ।
अपडेट
खेलमा मध्यान्तरपछि नेपालका दिपेश गुरुङ र बंगलादेशका खेलाडीले रातो कार्ड खाएपछि दुवै टिम १० जनामा सीमित भए ।
६३ औं मिनेटमा बंगलादेशले गोल गर्यो । ६८ औं मिनेटमा निरन्जन मल्लको गोलबाट नेपालले बराबरी गर्यो ।