arrow

गान्धीवादी नेता वादे रहेनन्, उनको घर वीपी र कृष्णप्रसादको आश्रयस्थल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १८ बुधबार
bade.jpg

काठमाडौं ।  ‘गान्धीवादी नेता’ गोपालदास वादेको निधन भएको छ । वादेको आज बिहान निधन भएको हो । 

गोपालदास महात्मा गान्धीको सान्निध्य रही गान्धी आश्रममै राजनीतिक तालिमप्राप्त व्यक्तित्व थिए । तुलसीमेहर श्रेष्ठमार्फत गान्धीको सम्पर्कमा पुगेका वादे आफ्नै दाजु राजदासको प्रेरणाले राजनीतिमा लागेका थिए  ।

९७ वर्षीय वादेको बिहान ३ बजे काभ्रेपलान्चोकको बनेपास्थित निवासमा निधन भएको नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री रहेका उनका छोरा कञ्चनचन्द्र वादेले जानकारी दिए । 

वादेको घर तत्कालीन अवस्थामा कांग्रेसका संस्थापक वीपी कोइराला, कृष्णप्रसाद भट्टराईलगायतको समेत आश्रयस्थल रहेको बताइन्छ । 

सामाजिक काममा सक्रिय वादेले घर नजिकको पुराना विद्यालय आजाद माध्यमिक विद्यालय र शिक्षा सदन माविका स्थापनाका लागि जग्गासमेत दान गरेका थिए । 

उनकै परिवारको सहयोगमा बनेपामा अस्पतालसमेत स्थापना गरिएको थियो । स्व वादेका दुई छोरा र दुई छोरी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ