काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवानबाट फिर्ता हुन विमान चढेकी छन् । एसिया भ्रमणमा रहेकी पेलोसी मंगलबार राति ताइवान पुगेकी थिइन् । एसिया भ्रमणका क्रममा पेलोसीले सिङ्गापुर, मलेसिया, दक्षिण कोरिया र जापानको भ्रमण गर्ने बताइएपनि ताइवानको भ्रमण उल्लेख गरिएको थिएन ।
चीनले यसको विरोधमा सैन्य अभ्यास, ताइवानमाथि केही प्रतिबन्ध र आलोचनासहितको प्रतिक्रिया दिएको छ । आफ्नो विवादस्पद भ्रमण सक्काएर उनी बुधबार ताइवानबाट फिर्ता हुन ताइपेई नजिकैको सोङ्गशान विमानस्थलमा युनाइटेड स्टेट अफ अमेरिका लेखेको विमान चढेकी हुन् ।
उनले एसियाको भ्रमणलाई निरन्तरता दिँन अब, दक्षिण कोरिया र जापानको भ्रमण गर्ने जनाइएकाे छ।