arrow

सर्वोच्चले बोलायो मन्त्रीलाई

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २० शुक्रबार
supreme-court-of-nepal_1617805496.jpeg

काठमाडौं  । सर्वोच्च अदालतले दिएको अल्पकालीन अन्तरिम आदेश नटेरेको भन्दै  संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठलाई उपस्थित हुन आदेश दिएको छ । सर्वोच्च अदालतले अवहेलना मुद्दामा मन्त्री श्रेष्ठलाई स्वयम् अदालतमा उपस्थित हुन आदेश दिएको हो । 

तत्कालीन पर्यटन मन्त्री प्रेम आलेसँगको अडियो रेकर्ड सार्वजनिक गरेपछि पद गएका नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का कार्यकारी अध्यक्षमा युवराज अधिकारी वायुसेवा निगममा फर्कन सर्वोच्चले आदेश दिएको थियो । 

तर मन्त्रीले अदालतले जारी गरेको अल्पकालीन आदेशलाई मानेका थिएनन् । सोही मुद्दालाई लिएर अदालतले मन्त्री श्रेष्ठलाई आदेश पाएका मितिले सात दिनभित्र उपस्थित हुन आदेश गरेको हो । 

निगम अध्यक्षमा चार वर्षका लागि नियुक्त गरिएको भन्दै सर्वोच्चले कार्यकारी अध्यक्षमा अधिकारीलाई निरन्तरता दिन असार २३ गते अल्पकालीन अन्तरिम आदेश दिएको थियो । 

अधिकारी २०७८ कात्तिक ११ गते निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएका थिए । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले अल्पकालीन आदेश जारीपछि अधिकारीलाई हटाउन साउन १ र ६ गते गरिएका पत्राचार पनि कार्यान्वयन नगर्न आदेश गरेको छ । तर बिहीबार बसैको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई पदमुक्त गर्ने निर्णय गरिसकेको छ । 



नयाँ