arrow

ग्लोबल आइएमई बैङ्कको प्रायोजनमा 'कोप कार्ड' सेवाको सुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २१ शनिबार
coop-card-global-ime-bank-2022.jpg

काठमाडौँ। ग्लोबल आइएमई बैङ्क लिमिटेडले राष्ट्रिय सहकारी बैङ्क लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडसँगको सहकार्यमा सहकारीहरूको लागि 'कोप कार्ड'को सेवा सुरु गरेको छ। काठमाडौँमा आयोजित एक कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीहरूको लागि सहकारी पहिचान सहितको 'कोप कार्ड'को  सुरु गरेका छन्।

यो कार्ड अन्तर्राष्ट्रिय स्तरको चिप कार्ड र कन्टाक्टलेश प्रविधिमा आधारित हुनेछ भने नेपाल र भारतका एटिएम तथा पीओएस मार्फत जुनसुकै स्थानबाट सहजै चलाउन सकिनेछ।

यो कार्ड ग्लोबल आइएमई बैङ्कको प्रायोजनमा राष्ट्रिय सहकारी बैङ्क मार्फत सहकारीहरूले जारी गर्नेछन्।

यस सहकार्य पश्चात् मुलुकभरका करिब ३३ हजार सहकारीहरूले सजिलै राष्ट्रिय सहकारी बैङ्क लिमिटेडमा सम्पर्क गरी कोप कार्ड जारी गर्न सक्नेछन्।

सहकारीहरूले आफ्नो सदस्यहरूलाई कोप कार्डको वितरण गरेपछि सहकारीमा आबद्ध सदस्यहरूले आफ्नो सहकारीको खाताबाट जुनसुकै बेला जहाँबाट पनि एटिएमबाट रकम निकाल्न सक्नेछन् भने पीओएसको माध्यमबाट कुनै पनि सेवा वा वस्तु खरिद गरी भुक्तानी गर्न सकिने बैङ्कले जनाएको छ।

यसले सहकारी सदस्यहरूको सहकारी प्रतिको विश्वास बढ्दै जाने, नगद कारोबार कम भएर औपचारिक रूपमा बचत परिचालन हुने र वित्तीय सेवा चौबिसै घण्टा उपलब्ध हुनेछ।

कोप कार्ड प्रयोग गर्ने ग्राहकहरूले ग्लोबल आइएमई बैङ्कको २६६ एटिएमबाट रकम निकाल्दा कुनै शुल्क लाग्ने छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ