arrow

चन्द्रपुर नगर बाणिज्य संघको अध्यक्षमा सापकोटा निर्विरोध

logo
प्रिमेश शिवाकोटी, 
प्रकाशित २०७९ साउन २१ शनिबार
udaya-narayan-sapkota-udyog-banijya.jpg

रौतहट । रौतहटको चन्द्रपुर नगर उद्योग बाणिज्य संघको अध्यक्षमा उदयनारायण सापकोटा (सुरेन्द्र) निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार संघको निर्वाचनमा सापकोटाको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् । 

१ अध्यक्ष सहित १२ जना सदस्य मध्येबाट पदाधिकारी चुनिने र ४ जनालाई मनोनित गरिने व्यवस्था रहेको निर्वाचन समितिका सदस्य सचिव सुमन गौतमले बताए । 

संघको सदस्य पदमा भने २७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । चन्द्रपुर नगर उद्योग बाणिज्य संघको निर्वाचनका लासष् साउन २८ गते शनिबारको समय तोकिएको चन्द्रपुर नगर उद्योग बाणिज्य संघ निर्वाचन समितिका संयोजक खड्गबहादुर तामाङले जानकारी दिए ।

लामो समयदेखि संघको निर्वाचन हुन सकेको थिएन । संघमा चन्द्रपुर नगर क्षेत्रमा व्यवसाय गर्ने २ हजार सदस्य रहेपनि ५ सय ९२ जनाले मात्र नविकरण गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ