arrow

कर वृद्धि तत्काल फिर्ता गर्न कांग्रेसको माग

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २१ शनिबार
gandaki congress.jpg

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिले गण्डकी प्रदेश सरकारले बढाइएको कर वृद्धि तत्काल खारेज गर्न माग गरेको छ । पार्टीको बैठकले प्रदेश सरकारलाई यस विषयमा ध्यानाकर्षण गराएको पार्टी प्रवक्ता माधव प्रसाद बाँस्तोला (मधु) ले जानकारी दिए । 

‘नेपाली कांग्रेस जनताको दुःखमा साथ दिने पार्टी भएकोले जनताका समस्यालाई समाधान गर्नुको साटो जनतालाई नै सास्ती दिने तरिकाले गरिएको निर्णयलाई तुरुन्त बदर गरि गत वर्षको करलाई यथावत गर्नको लागि ध्यानाकर्षण गराइएको छ’, बास्तोलाले भने ।

गण्डकी प्रदेश सरकारमा आफ्ना प्रतिनिधिलाई जनताको भावना अनुरुप काम गर्नका लागि पठाइए पनि केही व्यक्तिवादी सोंचका साथ मनगणन्ते भावमा प्रस्तुत बन्न जाँदा जनताका इच्छा अपेक्षालाई कुल्चने प्रयास देखिएको हुँदा उक्त जनभावना विपरितका निर्णयहरु तत्काल संसोधन गरि कर वृद्धिलाई रोक्नको लागि अनुरोध गरेको उनले बताए ।

गण्डकी प्रदेश सरकारको नयाँ बजेटमा यातायात तथा भूमि सम्बन्धी कर, अघिल्लो वर्षको तुलनामा अनपेक्षित रुपमा बढेको भनी आम नागरिकबाट आएको गुनासोप्रति नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको छ । 

‘नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी भएको र प्रजातन्त्रको सुन्दर पक्ष भनेको नै जनताका भावनाको सम्मान गर्ने भएकोले कर वृद्धि सम्बन्धी के भएको हो स्पष्ट पार्दै आम नागरिकको चाहना अनुरुप कर वृद्धि भएको भए सोलाई फिर्ता गरी यथावत राख्न प्रदेश सरकारको ध्यानाकर्षण गराउने निर्णय गरियो’, विज्ञप्तिमा उल्लेख गरिएको छ । बैठकमा नेपाल सरकारले आउने मंसिर ४ गते एकैदिन प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने गरी गरेको घोषणाप्रति नेपाली कांग्रेस गण्डकी प्रदेश कार्यसमिति स्वागत गरेको छ । 

निर्वाचन घोषणा भएको यस अवस्थामा आगामी निर्वाचनमा पार्टीको जित सुनिश्चितता गराउनको लागि उच्च मनोवलका साथ जनताको विचमा जान आह्वान गर्ने निर्णय गरेको जनाइएको छ भने आगामी निर्वाचनलाई मध्यनजर गर्दै गण्डकी प्रदेशभित्रका सबै क्षेत्र, प्रदेश क्षेत्रीय कार्यसमितिसँग समन्वय गरी निर्वाचन सम्बन्धी गतिविधि सञ्चालन गर्नका लागि गण्डकी प्रदेश कार्यसमितिको तर्फबाट यथाशक्य चाँडो सबै प्रदेश क्षेत्रीय कार्यसमितिमा प्रतिनिधि खटाउने जानकारी गराइएको बताइएको छ ।

पार्टी संगठनको महत्वपूर्ण पक्षमध्ये भातृ संघ/संस्था परिचालन पनि भएको र संघीयता कार्यान्वयन पछि गण्डकी प्रदेशमा, प्रदेशस्तरीय भातृ संघ÷संस्था नभएको हुँदा आगामी निर्वाचनलाई मध्यनजर गर्दै प्रदेशस्तरीय भातृ तथा शुभेच्छुक संस्था गठन गर्न वा गठन गर्नका लागि नेपाली कांग्रेस गण्डकी प्रदेश कार्य समितिलाई अधिकार प्रत्यायोजन गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिलाई अनुरोध गर्ने निर्णय गरेको प्रवक्ता मधुले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ