- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले एभरटनलाई १-० ले पराजित गरेको छ ।
गुडसन पार्कमा भएको खेलमा कठिन जित निकालेर चेल्सीले ३ अंक लिन सफल भएको छ ।
पहिलो हाफको अतिरिक्त समयमा जोर्जिन्होले पेनाल्टीबाट गरेको गोल नै चेल्सीका लागि निर्णायक बनेको थियो ।
४५ मिनेटको खेलपछि थपिएको ९ औं मिनेटमा जर्जिन्होले पेनाल्टीमा गोल गरेका थिए।
एभरटनको घरमा चेल्सी विजयी रहेको यो पाँच वर्षयताकै पहिलोपल्ट हो ।