arrow

एमालेले भन्यो- सरकारले सदनलाई विजनेश दिन मिल्छ ?

संसदलाई निरन्तरता दिन मिल्दैन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २३ सोमबार
pradeep-gyawali3.jpg

काठमाडौं । नेकपा एमालेले निर्वाचनको मिति घोषणापछि सांसदलाई निरन्तरता दिन नमिल्ने बताएको छ ।  एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा भईसकेपछि सांसदलाई निरन्तरता दिन नमिल्ने बताएका छन्  ।

प्रदीप कुमार ज्ञवालीले निर्वाचनको मिति घोषणापछि सरकार काम चलाऊ भएकाले सदनलाई विजनेश दिन नमिल्ने बताए ।

उनले भने,' निर्वाचनको मिति घोषणापछि सरकार काम चलाऊमा रूपान्तरण भयो । यो प्रष्ट छ । तर, हामी सदन चलाई रहेका छौं । काम चलाऊ सरकारले सदनलाई विजनेश दिन मिल्छ र सभामुख महोदय । विजनेश दिने र त्यो विजनेश नयाँ विधेयक दर्ता गर्ने, विधेयकमा उठेका कुराहरूमा छलफल गर्ने, त्यो स्थिति बन्छ ?”

ज्ञवालीले सरकारले प्रधान न्यायाधीशविरुद्ध दर्ता भएको महाभियोगको विजेशन राजनीति प्रतिशोधका आधारमा ५ महिनासम्म सदन नल्याएको आरोप लगाए । उनले सदनको कार्यकाल सकिने बेलामा प्रधानन्यायाधीशमाथिको महाअभियोगको विषय ल्याउनु उचित नभएको बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ