arrow

पोखराका व्यवसायी एवं समाजसेवी विष्णु शर्मा मृत भेटिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २४ मंगलबार
bishnu.jpg

पोखरा । पोखराका युवा समाजसेवी एवं व्यवसायी ४७ वर्षका विष्णु शर्मा उपाध्याय मृत भेटिएका छन् । स्याङ्जाको आँधीखोला गाउँपालिका वडा नं. ५ ढोलीखेत निवासी उनी पोखरामा कन्ट्रक्सन व्यवसायका साथै लायन्स लगायतका संघसंस्थामा सक्रिय थिए । 

शर्मा स्याङ्जास्थित आफ्नै निवासमा आइतबार साँझ खाना खाएर सुतेको र सोमबार बिहान ७ः४५ बजेतिर कटेरो (धन्सार) को धूरी बलोमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।

स्याङ्जाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजीव बहादुर बस्नेतका अनुसार सोमबार बिहान ७ः४५ बजेसम्म शर्मा नउठेपछि आमाले बोलाउन जाँदा उनी झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

उनको साथमा सुशाइड नोट पनि भेटिएको र त्यस सम्बन्धमा अनुसन्धान शुरु भएको प्रहरी उपरीक्षक बस्नेतले बताए । सुशाइड नोटमा आर्थिक मामलाका साथै थुप्रै विषय लेखिएको उनले बताए ।

उनको शवलाई जिल्ला अस्पतालमा पोष्टमार्टम पछि परिवारको जिम्मा लगाइएको उनले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ