दलितका भोटले निर्वाचित माननीयहरूलाई मरेतुल्य भएको छ
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २५ बुधबार
2.2k
Shares
काठमाडौं । नागरिकतामा ‘कुकुर कामी, कुकुर्नी कमिनी’ जस्ता नाम लेख्ने कर्मचारीलाई तत्काल कारबाही गर्न नेकपा एकीकृत समाजवादीकी सांसद निरुदेवी जैरुले माग गरेकी छन् । प्रतिनिधि सभाको विशेष समय लिएर उनले यस्तो माग गरेकी हुन् ।
उनले प्रशासकीय अधिकृतलाई गृह मन्त्रालय बोलाएर निलम्बित गर्नुपर्ने माग गरेकी हुन् । उनले ६० लाख दलितका भोटले निर्वाचित भएका माननीयहरूलाई मरेतुल्य भएको जिकिर गरिन् ।
उनले भनिन्,' हामी ६० लाख दलितका भोटले निर्वाचित भएका माननीयहरूलाई मरेतुल्य भएको छ । नागरिकता जस्तो संवेदनशील विषयमा कुकुर, कुकुर्नी सम्म राख्ने प्रशासकीय अधिकृतलाई तुरुन्त गृह मन्त्रालय बोलाइयोस् र उहाँहरूलाई निलम्बित गरियोस् भन्ने पनि माग गर्न चाहन्छु ।'