arrow

मिडफिल्डर दीपाले आई लिग छनोट खेल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २५ बुधबार
deepa-neupane-nepali-football-team-india.jpg

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर दीपा न्यौपानेले भारतीय आईलिग छनोट खेल्ने भएका छिन् । नेपाल पुलिस क्लबकी मिडफिल्डरसमेत रहेकी दीपा आईलिग छनोट खेल्न आज भारत जाँदैछिन् । 
 
दीपाले केरेला महिला लिगमा डन बोस्को फुटबल एकेडेमीको प्रतिनिधित्व गर्नेछिन् । केरेला महिला लिगको च्याम्पियन आई लिगमा छनोट हुनेछ । 
‘प्रतियोगिता खेल्न पाउँदा निकै खुशी छु । यो मेरो विदेशमा पहिलो अवसर समेत हो’ दीपाले भनिन् । 

नेपाली राष्ट्रिय फुटबल टोलीकी सावित्रा भण्डारी सम्मिलित गोकुलम केरेला, केरेला ब्लास्टर, केरेला युनाईटेड जस्ता चर्चित क्लबको सहभागीता हुने केरेला लिगमा डन बोस्को साविक उपविजेता हो । 

दीपाले एक वर्षको सम्झौता भएको र सम्झौता रकम भने गोप्य रहेको बताइन् । ‘प्रतियोगिताको लागि सम्झौता भएको हो । आई लिगमा छनोट भए त्यसमा पनि अवसर मिल्ने कुरा भएको छ’ दीपाले भनिन् । 

आजदेखि शुरु प्रतियोगिताको पहिलो खेलमा गोकुलम केरेला र केरेला युनाइटेड भिड्ने छन् । डन बोस्कोले आफ्नो पहिलो खेलमा भोलि लड्र्स पीआरविरुद्ध खेल्नेछ ।



नयाँ