arrow

प्रश्नपत्रमा लापरवाही गर्नेलाई कारबाही गर्न नसके मार्ग प्रशस्त गर्न प्राध्यापक संघको आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २५ बुधबार
tribhuvan-university.jpg

काठमाडाैं । प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालले हालसालै त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक शास्त्र र व्यवस्थापन सङ्कायको सत्रान्त परीक्षामा भएको चरम लापरवाहीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

गत जेठमा सञ्चालित स्नातकोत्तर तह अन्तर्गत अर्थशास्त्र विषयको प्रश्नपत्र निर्माणमा भएको चरम लापरवाहीको छानविन गर्न प्रा.डा. घनश्याम भट्टराईको संयोजकत्वमा गठित छानविन समितिको प्रतिवेदन हालसम्म सार्वजनिक नगरिएको भन्दै संघले वास्तविक दोषीलाई कारबाहीको दायरा बाहिर राख्ने उद्देश्यले प्रतिवेदन सार्वजनिक नगर्नु खेदजनक भएको ठहर गरेको छ । 

त्यसैगरी व्यवस्थापन सङ्काय स्नातक तहको गत असार २२ र २५ गतेको परीक्षामा भएको लापरवाहीका सन्दर्भमा स्वतन्त्र छानविन समिति गठन नगरी ढाकछोप गर्न खोज्नु पनि बदनियतपूर्ण नै रहेको संघले भनेको छ । 

प्रेस विज्ञप्ति जारी गर्दै संघले भनेको छ, ‘विश्वविद्यालयको गरिमा, स्वायत्तता र प्राज्ञिक स्वतन्त्रतालाई नजर अन्दाज गर्दै आप्mनो अकर्मण्यतालाई ढाकछोप गर्न विश्वविद्यालय पदाधिकारीहरूले परीक्षा जस्तो संवेदनशील विषयमा भएका चरम लापरवाहीको लागि स्वतन्त्र एवं निष्पक्ष छानविन समिति गठन नगर्नु पदाधिकारीहरूको नीतिगत बेइमानी हो ।’

संघका अध्यक्ष जगत तिमिल्सिना र महासचिव राजेन्द्र गौतमको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘त्रिविमा यस्ता गतिविधिलाई पटक पटक दोहोर्याउने र त्यसको कुनै जवाफदेहिता नलिने तथा विश्वविद्यालयका प्राध्यापकको गरिमा, नैतिकता र इमान्दारितासमेत सङ्कटमा पारेर पनि पदमा टांस्सिएर रहने पदलिप्त पदाधिकारीले यथाशीघ्र मार्गप्रशस्त गर्नु नै अहिलेको सङ्कटको समाधान हो भन्ने प्रजातन्त्रवादी प्राध्यापक संघको ठहर छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ