arrow

निगुरो टिप्न जंगल गएकी १४ वर्षीया बालिका बलात्कृत, २१ वर्षे सन्तोष पक्राउ

logo
विवेक मिश्र, 
प्रकाशित २०७९ साउन २६ बिहिबार
crime-final-everytime-use.jpg

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकाकी १४ वर्षीया बालिका बलात्कृत भएकी छिन् । निगुरो टिप्न जाउँ भन्दै जंगलमा लगेर बेलबारीका २१ वर्षीय सन्तोष नेपालीले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

ललाईफकाई बेलबारीस्थित सिंहदेवी सामुदायिक वनभित्रको खोल्सामा लगेर बालिकालाई नेपालीले बलात्कार गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गत सोमबार साँझ ५ बजेतिर बालिका बलात्कृत भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको  छ ।

बालिका आफू असुरक्षित भएको भन्दै प्रहरीको शरणमा पुगेपछि बलात्कारको घटना बाहिरिएको हो । बलात्कार आरोपी नेपालीलाई इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले सोमबार राति घरैबाट पक्राउ गरेको छ ।

उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन बुधबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ