- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ ।आज बस्ने प्रतिनिधि सभाको बैठकले दर्ता भएको चार वर्षपछि बिमा विधेयक पारित गर्ने भएको छ ।
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार बिहान ११ बजे बस्ने बैठकमा अर्थ समितिको प्रतिवेदनसहितको बिमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६ माथि छलफल गरी पारित गरिने उल्लेख गरिएको छ ।
काठमाडौँ उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक २०७६, स्टाण्डर्ड नाप र तौल (पाँचौ संशोधन) विधेयक २०७८ र प्रत्यायन विधेयक माथि प्राप्त संशोधनहरूलाई निर्माणार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूची तय भएको छ ।