arrow

कांग्रेसका जनप्रतिनिधिको भेला काठमाडौंमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३० सोमबार
nepali-congress-flag.jpg

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचित जनप्रतिनिधिलाई दुई दिने अभिमुखीकरण तथा प्रशिक्षण दिँदै छ ।  आजदेखि शुरु हुने प्रशिक्षण कार्यक्रमको सभापति शेरबहादुर देउवाले  उद्घाटन गर्दै छन् ।

कार्यक्रम बिहान ११ बजे ललितपुरको  होटल हेरिटेज गार्डेनमा नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुँदैछ । 

कांग्रेसका तर्फबाट विजयी मेयर, उपमेयर, अध्यक्ष, उपाध्यक्ष र समन्वय समितिका प्रमुख–उपप्रमुखको सहभागिता हुनेछन् । कांग्रेसबाट ३२९ जना प्रमुख-अध्यक्ष र ३०१ जना उपप्रमुख-उपाध्यक्ष निर्वाचित भएका थिए ।

आगामी निर्वाचनको तयारीको रूपमा पनि कांग्रेसले यो प्रशिक्षणलाई लिएको छ । मङ्सिर ४ को निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन रणनीतिमा केन्द्रित हुने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ