arrow

अवैध यौनधन्दामा संलग्न एक दर्जन पक्राउ, दुई होटलका संचालक फरार 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ३० सोमबार
arrest1.jpg

सर्लाही । सर्लाहीमा अवैध याैन धन्दा संचालन भएको आशंकामा सर्लाही प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिवनको एक होटलमा ७ जना र ईश्वरपुरको एक होटलमा ५ जना पक्राउ परेको सर्लाही प्रहरीले जनाएको छ । 

हरिवनको होटलमा छापा मार्दा शनिबार राति प्रहरीले होटलबाट अवैध यौनधन्दामा संलग्न रहेको आरोपमा ५ महिला र २ पुरुषलाई पक्राउ गरेको थियो भने आइतबार दिउँसो ईश्वरपुरमा छापा मार्दा २ पुरुष र ३ महिला फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत विजय यादवले जानकारी दिए । 

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यौनधन्दा संचालन भएको स्थानबाट गुनासो आएपछि सर्लाही प्रहरी टोली गएर खानतलासी लिँदा १२ जना पक्राउ परेको सर्लाही प्रहरीले जनाएको छ । दुवै होटलका संचालक फरार छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ