arrow

तीन हजार सवारी चालक कारबाहीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३ शुक्रबार
mapase.jpg

काठमाडौँ । ट्राफिक नियम उल्लङ्घन गर्ने तीन हजार सवारी चालक कारबाहीमा परेका छन् । काठमाडौं उपत्यकामा प्रहरीले ३ हजार ६ जना सवारी चालकलाई बिहीबार मात्रै कारबाही गरेको हो ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ६२, लेन अनुशासन पालना नगर्ने ११४, रेड लाइटमा सवारी साधन चलाउने ८२, निषेधित क्षेत्रमा हर्न बजाउने १२२ र नम्बर प्लेट नदेखिने गरी राख्ने ३० जना सवारी चालक रहेका छन् । 

यस्तै, २ हजार ५९६ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ