arrow

उद्योग वाणिज्य संघको भवन शिलान्यास

logo
प्रिमेश शिवाकोटी, 
प्रकाशित २०७९ भदौ ३ शुक्रबार
udyog-banijya-sangh-rautahat.jpg

रौतहट । चन्द्रपुर नगर उद्योग वाणिज्य संघको भवनको शिलान्यास भएको छ । शुक्रबार मधेश प्रदेशसभा सदस्य धनलाल ठोकरले एक कार्यक्रमबीच संघको भवनको शिलान्यास गरेका हुन् । 

चन्द्रपुर नगरमा व्यवसाय गर्ने सबै व्यापारीको सपनाका रुपमा रहेको संघको भवन निर्माण हुँदा व्यवसायीक प्रवद्र्धन हुने बताउँदै प्रदेश सभा सदस्य धनलाल ठोकरले नवनिर्वाचित कार्यसमितिको भवन निर्माण गर्ने योजनाको प्रशंसा गरेका छन् । 

तीन करोड ५० लाखको लागतमा बन्ने भवन ४ तलाको हुनेछ भने भवन नगरपालिकाको मापदण्डअनुसार बन्ने चन्द्रपुर नगर उद्योग वाणिज्य संघका अध्यक्ष उदयनारायण सापकोटाले जानकारी दिएका छन् । 

अध्यक्ष सापकोटाका अनुसार भवन अपांगता मैत्री, भूकम्पमैत्री र अत्याधुनिक हुनेछ । भवनमा वस्तुगत संघ—संस्थाको कार्यालय, सभाहल, बैठक कक्ष रहने छन् । 

अध्यक्ष सापकोटाले भवन आफ्नो कार्यकालमा पूरा गर्ने प्रतिबद्धता जनाउँदै समग्र व्यवसाय र व्यवसायीका हितका लागि संघ लागि पर्ने बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ