arrow

हराएको मोटरसाइकल फेला पारेर धनीलाई हस्तान्तरण

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ३ शुक्रबार
missing-motercycle-return.jpg

रौतहट । हराएको मोटरसाइकल फेला पारेर प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । भारत सितामढी ग्राम बैरगिनिया वडा नं ११ निवासी मनोजकुमार साहको नाममा रहेको भारतीय बीआर ३० एए ९१९६ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकल साउन १७ गते हराएको थियो । 

मोटरसाइकल हराएको निवेदनपछि खोजतलास गर्दै जाँदा भदौ ५ गते चन्द्रपुर नगरपालिका ९ डुमरिया बजारमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको टोलीले चेकिङ गर्ने क्रममा शंकास्पद देखेपछि नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको थियो । 

अनुसन्धानबाट चोरीको रहेको पुष्टि भएपछि संम्बन्धित धनीलाई शुक्रबार हस्तान्तरण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, रौतहटकी प्रमुख प्रहरी निरीक्षक बिमलाकुमारी कठायतले जानकारी दिइन् । 

भर्खरै रौतहट ट्राफिक प्रमुख भएर आएकी कठायतले ट्राफिक नियम पालना गर्न सबैमा आग्रहसमेत गरेकी छिन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ