arrow

राष्ट्रिय सभाबाट प्रदीप गिरीको निधनप्रति शोक प्रस्ताव पारित 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ६ सोमबार
rastriya-sabha-2079-05-06.jpg

काठमाडौं । राष्ट्रिय सभाले नेपाली कांग्रेसका सांसद प्रदीप गिरीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सोमबार बसेको राष्ट्रिय सभा बैठकले सांसद गिरीको निधनप्रति शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । 

२०५१ को संसदीय चुनावमा सिरहा–५ बाट निर्वाचित भएका गिरी २०६२-०६३ को जनआन्दोलनपछिको पुनर्स्थापित प्रतिनिधिसभा सदस्य, २०६४ र २०७४ को संविधानसभा सदस्य र २०७४ मा सिरहा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । 

घाँटीको क्यान्सर र निमोनियाबाट पीडित ७४ वर्षीय गिरीको गत शनिबार राति ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । 

सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राखेको गिरीको निधनप्रति शोक प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो । 

राष्ट्रिय सभाको अर्को बैठक १२ भदौ आइतबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने अध्यक्ष तिमिल्सिनाले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ