arrow

तराईमा के भन्दै छन् लोसपाका नेताहरू ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ७ मंगलबार
mahant-thakur-rajendra-mahato.jpg

काठमाडौं । मधेसी जनताको अधिकार प्राप्तिका लागि सङ्घर्ष जारी रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल का नेताहरूले बताएका छन् । सप्तरीको राजविराज कार्यक्रममा लोसपा नेताहरूले अधिकारका लागि अझै सङ्घर्ष गर्ने बताएका हुन् । 

वरिष्ठ नेता राजेन्द्र महतोले संविधानमा मधेसी, आदिवासी, जनजाति, मुस्लिम, सीमान्तकृतलगायत समुदायको पूर्ण अधिकार अझै पनि सुनिश्चित नभएको बताए । महतोले भने, “मधेसी जनताको अधिकार प्राप्तिका लागि आफूहरूको सङ्घर्ष जारी छ ।”

कार्यक्रममा नेता शरत्सिंह भण्डारीले निर्वाचनमा गठबन्धन बाध्यता रहेको भन्दै आफूहरू लोकतन्त्र, पहिचान र अधिकारका लागि काम गर्ने पार्टीका साथ गठबन्धन गर्ने पक्षमा रहेको बताए । 

“बिना गठबन्धनले कुनै पनि पार्टीको एकल सरकार बन्ने अवस्था नरहेको महसुस गरी हामीले त्यस्तो विचार मिल्ने दलसँग गठबन्धन बनाउँछौँ”, उनले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ