बन्द गराउँदै हिँड्ने १७ जना पक्राउ, विद्यालय ठप्प, बजार खुला
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ७ मंगलबार
1k
Shares
तस्बिर– फाइल
काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले संयुक्त रुपमा घोषणा गरेको नेपाल बन्दको काठमाडौं उपत्यकामा न्यून प्रभाव देखिएको छ।
बन्द घोषणा गरिएको भनिए पनि मंगलबार उपत्यकामा सामान्य रुपमा नै सवारीका साधनहरु निर्वाधरुपमा आवतजावत भइरहेका छन् । सडक र चोकहरुमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा सवारीका साधनहरु अन्य दिनजस्तै सामान्य रुपमा निर्वाध चलिरहेको जानकारी दिएको छ।
उता, नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार बन्द गराउँदै हिँड्न खोज्ने १७ जनालाई पक्राउ परेका छन् । उपत्यकामै केही सवारीमाथि बिहान तोडफोड भएको छ ।
बाहिर बन्दको प्रभाव नदेखिए पनि सुरक्षाको दृष्टिकोणलाई ध्यानमा राखेर विद्यालयहरु भने बन्द गरिएका छन् । सबैजसो निजी विद्यालयहरुले अभिभावकलाई विशेष कारणले बन्द गर्नुपरेको भनी सूचना जारी गरेका छन् ।