arrow

बन्दको अवज्ञा गरेको भन्दै चितवनमा ६ सवारी साधन तोडफोड, ५ पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ७ मंगलबार
Arrest-Crime.jpg

चितवन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युष्टि पार्टीसहित ४ साना दलले घोषणा गरेको बन्दको अवज्ञा गरेको भन्दै चितवनमा बन्दकर्ताले ६ वटा सवारी साधनमा तोडफोड गरेका छन् भने ५ जना बन्दकर्ता पक्राउ परेका छन् ।

चितवन प्रहरीका अनुसार बन्द आह्वानकर्ताले तीन वटा बस, दुई वटा ट्रक र एउटा कार तोडफोड गरी सामान्य क्षति पुर्याएका छन् ।

चितवन प्रहरी प्रवक्ता डीएसपी नरहरी अधिकारीका अनुसार सवारी साधन तोडफोड गर्ने पाँच जनालाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसरी सवारी साधान तोडफोडमा संलग्न रहेको आशंकामा भरतपुर नगरपालिकाका अमित घिसिङ, राजनबाबु सिंह ,सुरज शर्मा, सुदिप पौडेल र गणेश श्रेष्ठ पक्राउ परेको प्रहरीले जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ