arrow

बन्दको प्रभाव बुटवलमा, दाङबाट हेमन्त ओलीसहित चार जना पक्राउ

logo
नारायण ओली,
प्रकाशित २०७९ भदौ ७ मंगलबार
butwal-road-banda.jpg

बुटवल । नेत्र विक्रम चन्द विप्लवसहित चार दलले आह्वान गरेको नेपाल बन्दको असर बुटवलसहितका क्षेत्रमा सामान्य रहेको छ । 

बजार बन्द रहेको छ भने शिक्षण संस्था र हाइवे बजार बन्द छन् । यात्रुवाहक सवारी साधन पनि बन्द छन् । मेडिकल लाइन भने खुला छ । 

सडकमा बन्दकर्ता नभए पनि सुरक्षाकर्मी चोकचोकमा बसेका छन् । 

सो क्रममा प्रहरीले दाङको तुलसीपुरबाट चार जनालाई पक्राउ गरेको छ । हेमन्त ओलीसहित चार जना पक्राउ परेको विप्लव समूहका दाङ इन्चार्ज शितल ओलीले बताएका छन् ।

पक्राउ पर्ने अन्यमा संजय ओली, सुदर्शन र दिपेन्द्र रहेका छन् । उनीहरुलाई साँझ छाडिने प्रहरीले बताएको छ । 

दाङमा बन्द आह्वानका क्रममा अज्ञात समूहले एउटा टिपरमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ