पोखरा स्पोर्टस् अवार्डबाट तीन लाख ७४ हजार रुपैयाँ बचत
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ७ मंगलबार
857
Shares
पोखरा । छैटौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड २०७८ को आय व्यय सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले मंगलबार पोखरा रंगशालामा एक कार्यक्रम आयोजना गरेर आय व्यय सार्वजनिक गरेको हो ।
कुल २२ लाख नौ हजार १६३ रुपैयाँ आम्दानी भएको र १८ लाख ३४ हजार २८७ रुपैयाँ खर्च भएर कुल तीन लाख ७४ हजार ८७६ रुपैयाँ बचत भएको मञ्चकी कोषाध्यक्ष एवं आर्थिक व्यवस्थापन उपसमिति संयोजक कविता घर्ती मगरले बताइन् ।
व्यापारिक प्रतिष्ठान तथा व्यक्तिबाट दुई लाख ३९ हजार रुपैयाँ संकलन हुनेक्रममा रहेको तथा सोमध्ये एक लाख तीन हजार १२३ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उनले स्पष्ट पारिन् ।
मञ्चका अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष एवं सल्लाहकार एकराज गिरी, नेपाल पत्रकार महासंघ कास्कीका कार्यबाहक अध्यक्ष रामप्रसाद तिमिल्सिना, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बराल, मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, महासचिव राजाराम पौडेल, सचिव शशी कुमार पौडेल र कोषाध्यक्ष कविता घर्तीमगरले बोलेका थिए ।