arrow

संसद बैठक एक सातापछि बस्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ८ बुधबार
parliament-house.jpg

काठमाडौं । अब प्रतिनिधि सभा बैठक भदौ १३ गते बस्ने भएको छ । नेकपा एमालेको आग्रहपछि एक सातापछि सारिएको बैठक  भदौ १३ गते बस्ने भएको हो । 

भदौ ७ गतेदेखि १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै सभामुख समक्ष एमालेको आग्रहमा प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ ।

प्रतिनिधि सभा बैठक यही भदौ १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

त्यस्तै राष्ट्रिय सभाको बैठक भदौ १३ गते बस्दै छ । 



नयाँ