arrow

प्रचण्डका घरबेटी कालोसूचीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ८ बुधबार
prachanda-saradha.jpg

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले शारदाप्रसाद अधिकारीको निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद् को कार्यालय मातहत रहेको कार्यालयले अधिकारीको निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सनलाई आज कालो सूचीमा राखिएको सूचना जारी गरेको छ । 

काम समयमा नगर्ने तथा ठेक्का ओगटेर बस्ने अधिकारीको शैलुङ कन्स्ट्रक्सन निर्माण कम्पनीलाई कालोसूचीमा राखेर तीन वर्षका लागि प्रतिबन्ध लगाइएको छ । 

शारदाप्रसाद अधिकारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का घरबेटी हुन् । उक्त कम्पनी अहिले शारदाप्रसादका छोरा अनुप अधिकारीको नाममा छ ।

सोसँगै कार्यालयले १० वटा निर्माण कम्पनीलाई पनि कालो सूचीमा राखेको छ । कालोसूचीमा परेकाले निर्माण कम्पनीले नयाँ ठेक्का पाउनेछैनन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ