arrow

अपाङ्गता भएका व्यक्तिलाई घरमै नागरिकता

logo
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७९ भदौ ८ बुधबार
aapang-nagarikta.jpg

दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले अपाङ्गता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गरेको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले महाकाली नगरपालिका-७ धापका ४९ वर्षीय राम दत्त जोशीलाई घरमै गएर नागरिकता प्रदान गरेका हुन् । 

जोशी विगत १५ वर्षदेखि प्यारालाइसिस भएर थला परेका थिए । नागरिकताका लागि प्रशासनसम्म आउन सक्ने अवस्था नभएपछि जिल्ला प्रशासन कार्यालयले नागरिकता दिलाउनका लागि सहजीकरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले जानकारी दिए । 

सपाङ्ग छदा नै नागरिकता प्राप्त गरेका जोशीले प्यारालाइसिसपछि नागरिकता नष्ट हुँदा नयाँ बनाउन सकेका थिएनन् । अशक्त व्यक्तिलाई सहज रूपमा नागरिकता प्रदान गर्न र नागरिकता पाउनबाट वञ्चित नहुन भनेर मङ्गलवार घरमै गएर औँठाछाप लगाएर नागरिकता प्रदान गरिएको सहायक प्रजिअ साउँदले बताए । 

अति अशक्त, अपाङ्गता भएका व्यक्तिहरूलाई जिल्ला प्रशासन कार्यालयसम्म आउन निकै समस्या हुने हुँदा उनीहरूको सहजताका लागि घरदैलोमा नै सेवा दिन प्रशासन तत्पर रहेको जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ