arrow

क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ ९ बिहिबार
nepal-police12.jpg

काठमाडौं ।  क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने एकजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने मोरङ विराटनगर महानगरपालिका-१६ घर भई हाल काठमाडौँ महानगरपालिका-१० बानेश्वर बस्ने २६ वर्षीय उत्सव दाहाललाई आज पक्राउ गरेको हो ।

पक्राउ दाहालले वैदेशिक रोजगारीका लागि क्रोएसियाको कृषि फर्ममा मासिक रु एक लाखसम्म तलब हुन्छ भनी पीडितसँग रु छ लाख २४ हजार लिएर ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको सो कार्यालयले जनाएको छ । 

सोही कार्यालयले बैंकिङ कसुर मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ । उच्च अदालत पाटनको विभिन्न मितिमा भएको फैसलापछि फरार रुकुमपूर्वका ३१ वर्षीय अर्जुन बुढाथोकी र मकवानपुरका २८ वर्षीय सन्तोष सापकोटालाई विभिन्न मितिमा पक्राउ गरी बुधवार सार्वजनिक गरेको हो ।

प्रहरीले अर्जुनलाई काठमाडौँ सुकेधाराबाट मङ्गलबार र सन्तोषलाई काठमाडौँको नयाँबानेश्वर बुद्धनगरबाट आज पक्राउ गरेको हो । पक्राउ परेका अर्जुनलाई उच्च अदालतले रु एक करोड १९ लाख जरिवना र २४ दिन कैद सजाया साथै सन्तोषलाई रु दुई लाख ५९ हजार जरिवना र पाँच दिन कैद सजाया ठहर गरेको थियो । 

पक्राउ परेका अर्जुनलाई जिल्ला अदालत काठमाडौँमा र सन्तोषलाई जिल्ला अदालत ललितपुरमा फैसला कार्यान्वयनका लागि उपस्थित गराइएको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ