arrow

संगठनका आधारमा सिट बाँडफाँट भए गठबन्धनले जित्छ – कांग्रेस सभापति पुन

logo
नारायण वली, 
प्रकाशित २०७९ भदौ ९ बिहिबार
amar-singh-pun-lumbini.jpg

रुपन्देही । आगामी मंसिर ४ गते हुने निर्वाचनमा लोकतान्त्रिक गठबन्धन दलहरुले सांगठनिक हैसियतका आधारमा सिट बाँडफाँट गर्नुपर्ने आवश्यकता रहेको नेपाली कांग्रेसका लुम्बिनी प्रदेशका सभापति अमर सिंह पुनले बताएका छन् ।

उनले रोल्पा र रुकुमलाई संकेत गर्दै सो क्षेत्रमा नेकपा माओवादीले ६० प्रतिशत र कांग्रेसले ४० प्रतिशत अवलम्बन गरेर आगामी चुनावमा गठबन्धनमा जान नेपाली कांग्रेस तयार रहेको तर सबै ठाउँमा दलहरुको हैसियतको आधारमा सिट बाँडफाँट गर्दा जित्न सकिने बताए । 

बिहीबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको आगामी चुनावमा दलहरुको भूमिका विषेयक साक्षात्कार कार्यक्रममा बोल्दै सभापति पुनले हालै सम्पन्न  स्थानीय तहको सिटको आधारमा आगामी एमालेले चुनावमा हार्ने निश्चित भएको ठोकुवा  गरे । उनले एमालेको पालामा ठूला ठूला भ्रष्टाचारका काण्ड बाहिर आएको बताए । 

कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेशका उपाध्यक्ष एवं प्रदेश सांसद भोजप्रसाद श्रेष्ठले पाँच दलीय गठबन्धनको कुनै औचित्य नरहेको भन्दै देश र जनताको पक्षमा नरहेको जिकिर गरे । उनले पाँच दलीय गठबन्धनले संविधानलाई कमजोर बनाएर देशलाई डुबाउने काम गरेको दाबी गरे । 

नेता श्रेष्ठले नागरिता ऐन, एमसीसी, एसपीपी जस्ता कुरालाई गठबन्धनले बढवा दिएर देशका लागि अहितपूर्ण काम गरेको आरोप लगाउँदै एमाले बलियो भएकाले गठबन्धन गर्नुपर्ने बाध्यता रहेको बताए । उनले एमालेले बहुमत ल्याउने जिकिर गरे । 

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश संसदीय दलका प्रमुख सचेतक तुलाराम घर्तीले नेपाली राजनीतिमा विश्वासको संकट भएको बताए । उनले अघिल्लो स्थानीय तहको चुनावलाई हेर्दा पार्टी भित्र र गठबन्धनमा विश्वासघात भएको केलाउँदै जनताले पनि आफ्नो स्वाभिमान विर्सिएकाले जसले धेरै पैसा बाँड्छ उसैलाई नै मत दिने भएकाले राजनितिक दलहरु सुघ्रिने मौका नपाउने उल्लेख गरे ।

पहिले गरिएको एमाले माओवादी वामगठबन्धनमा शिर्ष नेताको अहंकारका कारण लामो समय टिक्न नसकेको जनाउँदै वर्तमान लोकतान्त्रिक गठबन्धन भित्र विश्वासको वातावरण बढाउनु पर्ने बताए । 

घर्तीले गत स्थानिय तहको चुनावलाई हेर्दा कांग्रेसले कांग्रेसलाई हराएको र कांग्रेसले माओवादी उम्मेदवारलाई मत नदिएर हार खाएको स्मरण गर्दै विश्वासलाई समटेर आगामी निर्वाचनमा जान आग्रह गरे ।

यद्यपि गठबन्धन भित्र विश्वास नभएर घात गरेर जाने हो भने गठबन्धन गर्न आवश्यक नरहेको भन्दै एक्लाएक्लै चुनाव लडेर आफ्नो राजनीतिक दलको नैतिकता बचाउँदा राम्रो सुझाएका थिए । 

साक्षात्कारमा नेकपा एसका लुम्बिनी प्रदेश सचिव राजु गुरुङले एउटै दलका नेताले चुनाव जित्दा अहंकार बढ्दै गएको बताउँदै आगामी चुनावमा युवा पुस्तालाई जिताउनु पर्ने औल्याए । 

गठबन्धनमा नेकपा एसलाई तेस्रो स्थान हुने गरी दाबी गर्दै लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री सहित ४ जनाको उम्मेदवारी हुने बताए । रुपन्देही क्षेत्र नं २ मा नेकपा एसको दाबी रहेकोले एमालेका विष्णु पौडेलको विरुद्ध आफूले उम्मेदवारी दिने गुरुङले उद्घोष गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ