arrow

१६५ मा २२७ को दाबी : कसरी निर्णयमा पुग्ला गठबन्धन आज ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १० शुक्रबार
5-parti-meet.jpg

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सत्ता गठबन्धनको सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक आज पनि बस्ने भएको छ । बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । 

कार्यदलले निर्वाचनका लागि अहिलेसम्म सिटको बाँडफाँट गर्न सकेको छैन । बिहीबार कार्यदलसहित शीर्ष दलका नेताहरूको बैठकमा आ-आफ्नै दाबी प्रस्तुत भएपछि सिट बाँडफाँट टुङ्ग्याउन आज बैठक बस्न लागेको हो । 

विवाद मिल्न नसकेपछि बिहीबार साँझ शीर्ष नेताहरूमाझ सिट बाँडफाँटका लागि बनेको कार्यदलले सिटको दाबी पेश गरेका थिए । 

बिहीबारको बैठकमा कांग्रेसले प्रतिनिधिसभाका १६५ सिटमध्ये १०० सिटमा दाबी प्रस्तुत गरेको थियो । यस्तै माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले २५, र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् । जम्मा १६५ सिटमा दलको दाबी २२७ पुगेपछि सिट बाँडफाँटमा सकस भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ