arrow

माओवादी र समाजवादी एक्लाएक्लै चुनाव नलड्ने भएपछि गठवन्धन गर्न बाध्य भयौं : प्रदीप पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १० शुक्रबार
Pradip Poudel.jpg

पोखरा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले गठवन्धन विरुद्ध कोही पनि जान नहुने बताएका छन् ।

कास्कीमा ‘जनताको साथमा नेपाली कांग्रेस’ अभियान शुभारम्भ गर्दै कास्कीका कमाण्डरसमेत रहेको उनले यस्तो बताएका हुन् ।

नेपाली कांग्रेसले प्रक्रियागत र संस्थागत निर्णय नै गरेर गठवन्धनमा जाने भनिसकेको भन्दै अब गठवन्धन विरुद्ध लाग्न नहुने स्पष्ट पारे । कांग्रेस विरुद्ध अर्को गठवन्धन बन्ने खतरा बढेकाले यही गठवन्धनलाई कायम राख्न कांग्रेस बाध्य भएको उनले बताए । 

उनले भने, ‘गठवन्धन विरुद्ध कोही पनि नलागौं, गठवन्धनलाई कसरी व्यवस्थापन गर्ने र यसको प्रभावकारिताका लागि के गर्न  सकिन्छ भन्नेतर्फ सोचौं ।’

कांग्रेस एक्लै चुनाव लड्दा फाइदा हुने भएपनि माओवादी र समाजवादी पार्टी एक्लाएक्लै चुनाव नलड्ने भएकाले गठवन्धन गर्ने निर्णय गरिएको नेता पौडेलले स्पष्ट पारे । 

उनले थपे, ‘व्यक्तिगतरुपमा म पनि गठवन्धनको पक्षमा छैन । कांग्रेस एक्लै चुनाव लड्नुपर्छ भन्ने हो । कांग्रेस अझै १५ वर्ष सत्तामा जानुहुँदैन भन्ने हो । तर के गर्नु, अनेकौं परिस्थितिले सत्तामा जान बाध्य बनाउँछ ।’ 

‘कांग्रेस एकदमै धारिलो हुनुपर्छ । कांग्रेसले सत्ताका निम्ति कुनै ढंगबाट पनि कम्प्रमाइज्ड गर्नुहुँदैन । जनताका विषयहरु बाकेर अघि बढ्नुपर्छ । सत्तामा जाने हतारो गर्ने, सत्ताको कुर्ची नपाइ राजनीति गर्न सक्दिन भन्ने र सत्ताको कुर्चीलाई नै प्रधान विषय ठान्ने मनोवृत्ति अब अन्त्य हुनुपर्छ’, उनले भने ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ