arrow

मापसे गरी श्रीमतीको हत्या गरेर फरार नाइके पक्राउ 

logo
युवराज रेग्मी, 
प्रकाशित २०७९ भदौ ११ शनिबार
hatyara-naike-jhapa.jpg

झापा । श्रीमतीको हत्या गरी फरार रहेका झापा गाउँपालिकाका नाइके हस्दा पक्राउ परेका छ्न् । शुक्रबार रातिदेखि फरार रहेका नाइके हस्दालाई पिन्डलबारी प्रहरी चौकीले शनिबार बिहान पक्राउ गरेको छ ।

प्रत्यक्षदर्शीका अनुसार शुक्रबार झापाको झापा गाउँपालिका ६ चन्द्रबस्तीका नाइके हस्दाले धारिलो हतियार प्रयोग गरी आफ्नै श्रीमतीको हत्या गरी  फरार भएका थिए ।

शुक्रबार राति करिब ९ः३० बजे मादक पदार्थ सेवन गरी आएका हस्दाले आफ्नै श्रीमती तालामोही हस्दालाई कोखामा धारिलो छुरी प्रयोग गरी हत्या गरेको स्थानीयले बताएका छन् ।

अहिले प्रहरीले अनुसन्धान थालेको छ।

उनले मादक पदार्थ सेवन गरी घरमा आएर श्रीमतीसँग झगडा गरेका थिए । झगडाकै क्रममा घरको आगनमा कोखामा छुरी प्रहार गरेका थिए । श्रीमती छट्पटिदै घर नजिकै सडकमा लडेर घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ