arrow

उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने २९ सय ५९ सवारी चालकमाथि कारबाही

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १२ आइतबार
traffic-checking.jpg

काठमाडौँ। ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन २ हजार ९५९ जना सवारी चालकलाई कारबाही गरेको छ। ट्राफिक नियम उल्लङ्घन गरेका कारण शनिवार उपत्यकाको विभिन्न स्थानमा उनिहलाई कारबाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कारबाहीमा पर्नेमा मदिरा पिएर सवारी साधन चलाउने २४२ जना, फुटपाथमा पार्किङ गर्ने २१५ जना, अनावश्यक हर्नको बजाउने २०९ जना, तीव्र गतिमा सवारी साधन चलाउने १९३ जना, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने ९१ जना सवारी चालक रहेका छन्।

यस्तै ढोका खुल्लै राखेर सवारी चलाउने ८३ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ७६ जना, लेन उल्लङ्घन गर्ने ४९ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ६० जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३० जना चालकलाई पनि कार्यवाही गरिएको कार्यालयले जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ