arrow

कोहलपुर बसपार्कमा अतिक्रमित संरचना हटाउँदा तनाव : डोजरका सीसा फोडिए 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १३ सोमबार
tanab-koholpur.jpg

नेपालगन्ज । कोहलपुर नगरपालिकाले अतिक्रमित गरेर बनाइएका संरचनाहरू भत्काउन खोज्दा कोहलपुरको बसपार्कमा तनाव उत्पन्न सृजना भएको छ । 

मेयर पूर्ण प्रसाद आचार्यको नेतृत्वमा अतिक्रमित संरचना हटाउन डोजरसहित सोमबार बिहान बसपार्क पुगेको टोलीलाई स्थानीयले भरपर्दो विकल्पको माग गर्दै अवरोध गरेपछि तनाव सिर्जना भएको छ ।

कोहलपुरको न्यूरोड क्षेत्रमा अतिक्रमण गरेर बनाइएका टहरा र संरचना हटाउन मेयर आचार्य सहितको टोली बिहानैदेखि खटिएको थियो । कोहलपुरको न्यूरोडमा रहेको २/४ वटा टहरा भत्काएर बसपार्क पुगेको डोजरमाथि स्थानीयले ढुङ्गा मुढा गरेपछि तनाव सिर्जना भएको हो ।

मेयर आचार्यले अतिक्रमित संरचना हटाउने क्रममा स्थानीयले अवरोध गरेको बताएका छन् । जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले अतिक्रमित संरचना हटाइरहेको अवस्थामा स्थानीयले विरोध जनाएपछि अहिलेलाई स्थगित भएको जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ