arrow

नायिका रेखा थापा मोरङ ३ बाट चुनाव लड्ने

logo
विवेक मिश्र,
प्रकाशित २०७९ भदौ १४ मंगलबार
rekha-thapas.jpg

मोरङ । निर्वाचन आयोगले निर्वाचनको मिति मङ्सिर ४ गते तोकेसँगै सम्भावित उम्मेदवारको चर्चा हुन थालेको छ । 

जसमा मोरङ क्षेत्र नम्बर ३ मा चर्चित नायिका तथा राप्रपा नेत्री रेखा थापा संसदीय निर्वाचनमा उम्मेदवार बन्ने सम्भावना बढेको छ ।

 राप्रपाको केन्द्रीय समेत रहेकी रेखा थापा आफ्नो गृह जिल्ला मोरङबाट उम्मेदवार हुने चर्चा सुरु भएसँगै मोरङ क्षेत्र नम्बर ३ लाई यो पटक रोचक ढङ्गले हेरिएको छ । 

सोमवार हाम्राकुरासँगको टेलिफोन सम्पर्कमा चर्चित नायिका समेत रहेकी रेखा थापाले आफ्नो गृह जिल्लाबाट आफू उम्मेदवार बन्ने चाहाना रहेको बताइन् । 

आज मङ्गलवार मोरङको कानेपोखरी गाउँपालिका स्थित पार्टीको एक कार्यक्रममा सहभागी हुन आउने उनले बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ