- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल विद्यालय कर्मचारी परिषद्ले विद्यालय बन्दका कार्यक्रम स्थगित गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्तामा बोलाएपछि आन्दोलनरत परिषद्ले विद्यालय बन्दको कार्यक्रम स्थगित गरेको आन्दोलन परिचालन समितिका संयोजक बब्बनकुमार मिश्र, महासचिव शान्तिनाथ योगी र अध्यक्ष गंगाराम तिवारीले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
परिषद्ले आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउँदै भदौ १२ गतेदेखि १८ गतेसम्म एक हप्ता सामूदायिक विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । यो निर्णयसँगै देशैभरका सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित भएको थियो ।
आजदेखि विद्यालयमा पुनः पढाइ सञ्चालन हुने परिषद्ले जनाएको छ । उनीहरूले विद्यालय कर्मचारी सहायक (लेखापाल)हरूका लागि ३६ हजार ७३०, विद्यालय सहयोगीहरूका लागि २६ हजार २१० पूर्ण सेवा सुविधाको ग्यारेन्टी तत्काल गर्नुपर्ने, सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूलाई दरबन्दीमा समायोजन गरी एक पटकका लागि प्रक्रिया पुर्याई स्वतः स्थायी प्रक्रियामा लगिनुपर्ने सङ्घीय शिक्षा ऐन-शिक्षा ऐन, २०२८ को संशोधनमा प्रबन्ध गर्नुपर्ने लगायतका माग राखेका छन् ।