arrow

पार्टीले कारबाही गरेका नेता भेट्न कांग्रेसी नेताहरू निवासमा

आरजू राणालाई असहयोगको आरोप लागेका नेता पुष्करनाथ ओझा कैलाली-५ बाटै चुनाव लड्ने 

logo
सुनिल आउजी,
प्रकाशित २०७९ भदौ १६ बिहिबार
puskarnath-ojha.jpg

धनगढी । नेपाली कांग्रेस पार्टीले पाँच वर्षअघि कारबाही गरिएका नेता पुष्करनाथ ओझालाई भेट्न केन्द्रीय सदस्य, जिल्ला सभापति, प्रदेश राज्यमन्त्री, प्रदेशका पदाधिकारी, मेयरसहितका नेताहरूले उनलाई निवासमा पुगेर भेट गरेका छन् । 

नेता पुष्करनाथ ओझा जिल्लाको राजनीतिमा एक दखल राखने नेता हुन तर पाटीले उनलाई पाटी सभापति तथा प्रधानमन्त्री कि पत्नीलाई असहयोग गरेको आरोपमा कारबाही गरेको थियो ।

 धनगढी उपमहानगरपालिकाका निवर्तमान मेयर समेत रहेका केन्द्रीय सदस्य नृपबहादुर वड, कैलाली जिल्ला सभापति नारायणदत्त भट्ट, प्रदेश राज्यमन्त्री टेकबहादुर रैका, प्रदेश कोषाध्यक्ष उत्तम बहादुर कठायत, नेता प्रकाशबहादुर बम, गोदावरी नगरपालिका मेयर वीरेन्द्र भट्ट, जिल्ला सचिव नृपबहादुर सुनारसहितका नेताहरू बुधवार ओझाको धनगढी-४ स्थित निवासमा पुगेका थिए । 

२०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा त्यति वेला सांसद समेत रहेका ओझाले कैलाली क्षेत्र नम्बर ५ बाट टिकट नपाएपछि निष्क्रिय बनेका थिए । सो निर्वाचनमा कैलाली-५ बाट कांग्रेसले डाक्टर आरजू राणा देउवालाई टिकट दिएको थियो । निर्वाचनमा डाक्टर आरजू एमाले उम्मेदवार नारदमुनि राणासँग पराजित भएकी थिइन् । 

नेता ओझालाई निर्वाचन कांग्रेस उम्मेदवारलाई असहयोग गरेको आरोप लगाउँदै पाँच वर्षका लागि अनुशासनको कारबाही गरिएको थियो । उनको कारबाही अहिलेसम्म फुकुवा भएको छैन । 

मङ्सिर ४ गते हुने निर्वाचनमा कैलाली-५ बाट पुनः आरजू लड्ने बलियो सम्भावनाबीच बुधबार संस्थापन पक्षका नेताहरू ओझालाई भेट्न उनकै निवासमा पुग्नुलाई कैलालीको राजनीतिक वृत्तमा 'अर्थपूर्ण' रूपमा हेरिएको छ । यद्यपि, भेट गर्न गएका नेताहरूले नेता ओझासँगको भेटघाटलाई 'संवादहीनता कम गर्ने प्रयास' भनेका छन् । 

ओझा निकट एक नेताले उनको भनाई उद्धृत गर्दै 'ओझाले आसन्न निर्वाचनमा कैलाली-५ बाटै प्रतिनिधि सभा सदस्यमा लड्न चाहेको दोहोराएको' बताए । 

नेता ओझाले गत स्थानीय निर्वाचन लगत्तै पटक पटक सार्वजनिक रूपमा नै आफ्नो पहिलो प्राथमिकता कांग्रेसको टिकटमा नै कैलाली-५ बाट चुनाव लड्ने रहेको र कथंकदाचित भएन भने आफूसँग अरू विकल्प पनि रहेको बताउँदै आएका छन् । 'कांग्रेस र कैलाली-५ आफ्नो घर भएकोले चुनाव लड्ने तयारीमा रहेको' दोहोराएको एक नेताले भने । 

कांग्रेस केन्द्रीय कार्यालयले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिलाई आज (बिहीबार) सम्म आकाङ्क्षी उम्मेदवारहरूको नाम सङ्कलन गरी जिल्ला कार्यसमितिलाई सिफारिस गर्न निर्देशन दिइसकेको छ । 

कारबाहीमा पारिएका नेता ओझासँग गत स्थानीय निर्वाचनमा कारबाही फुकुवा नगरीकनै सहयोगको लागि पहल गरिए पनि उनी तटस्थ बसेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ